उपनिर्वाचनका लागि यस्तो छ सुरक्षा योजना

khabarwave
१४ बैशाख २०८१

काठमाडौँ । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता ९डीआईजी० भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए । निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा १ .... पुरा पढ्नुहोस

कक्षा १२ को परीक्षा शुरु, ३ लाख ९० हजार विद्यार्थी सहभागी

khabarwave
१४ बैशाख २०८१

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक.... पुरा पढ्नुहोस

मनोरञ्जन