पवित्र धार्मिक स्थललाई व्यवस्थित बनाउने निर्णय

khabarwave
२ श्रावण २०७८

काठमाडौं । धार्मिक पुस्तकहरुमा समेत प्रसस्तै बर्णन गरिएको चौसठ्ठी ज्योर्तिलिङ्गमध्ये एक तथा स्वयम्भु लिंग छैठौं शताब्दीमा अंशुवर्माद्वारा कुद्न लगाइएको कुरा शिलालेखमा समेत बर्णन गरिएको छ । यस धार्मिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले साउने संक्रान्तिको दिन काभ्रेपलाञ्चाेककाे बनेपा एक कार्यक्रमको आयोजना गरियो । यस वीकटेश्वर महादेव तथा छिन्नमस्तक नारायण मन्दिर परिसरमा उपस्थित सम्पूर्ण कार्यक्रममा संरक्षण समितिका अध्यक्ष लक्ष्मण बस्नेतले सबैको सहयोगमा अस्तव्यस्त घाटलाई व्यवस्थित बनाउन सकेकोमा खुशी व्यक्त गर्नुभएको थियो । हिजोका दिनमा हाम्रा अग्रजहरुले जोगाइदिनु भएको यो ऐतिहासिक धरोहरको प्रचार प्रसारमा लाग्नु पर्ने बस्नेतले बताउनुभयो । आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारी पूरा गर्न भगवानको आशिर्वाद र यहाँहरुको सहयोग रहनेमा समेत बस्नेतले विश्वास व्यक्त गर्नुभएको थियो ।
विभिन्न बुद्धिजीवी तथा धर्मप्रति आस्थावान व्यक्तित्वहरुको उपस्थितिमा समितिले विकटेश्वर मन्दिरलाई पुरानै ढाँचामा निर्मँण गरी पाटी, पौवा धारा, हवन कुण्ड तयार गर्ने तथा छिन्नमस्तक नारायणको १ रोपनी १० आना जग्गा नापजाँच गरी त्यस ठाउँमा पनि पुरातात्विक ढाँचाको मन्दिर निर्माण गर्ने निर्णय गरेको छ । यसैगरी साँगादेखि अहिलेलाई घाटसम्म ढल नल मिसाउन बन्देज लगाई स्वच्छ पानी बगाउने योजना पनि बनाएको छ । त्यसैगरी सबै संरचना तयार भइसकेपछि धार्मिक पर्वहरुलाई व्यवस्थित गरी यस पवित्र धार्मिक स्थलको देश विदेशमा प्रचार गराउने निर्णय समिति छलफलले निकालेको छ । ओझेलमा परेको यस पवित्र धार्मिक क्षेत्रको विकास र विस्तार तथा संरक्षणका लागि विभिन्न संघ, संस्था र भक्तजनहरुको सधैंव सहयोग सद्भाव रहने विश्वास समेत समितिले गरेको छ ।

Loading spinner