खानुहोस् यी २३ चिज, भगाउनुहोस् खराब कोलेस्ट्रोल

khabarwave
२९ मंसिर २०७९

बाहिरका चीजहरू पैकेज फुड भुटेको तारेको खानेकुरा धेरै खाने, हीड डुल व्यायाम नगर्ने जीवनशैलीका मानिस हरूमा धेरै रोगहरू नीमत्याईरहेको छ, जसमध्ये सबैभन्दा बढी कोलेस्ट्रोल । हामी तपाईलाई केहि यस्ता चिजहरुको बारेमा बताउन गइरहेका छौँ जसले तपाईको खराब कोलेस्ट्रोल घटाउन सक्छ । हाम्रो खान पान रहन सहन ले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ। मुटु रोगको प्रत्यक्ष सम्बन्ध कोलेस्ट्रोलसँग हुन्छ । कोलेस्ट्रोल शरीरको लागि आवश्यक हुन्छ तर कोलेस्ट्रोल बढेसँगै हृदयघात र स्ट्रोकको जोखिम धेरै गुणा बडीरह्को छ शरीरमा राम्रो र नराम्रो कोलेस्ट्रोल दुवै पाइन्छ। आफ्नो आहारमा थोरै परिवर्तन गरेर शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाएर राम्रो कोलेस्ट्रोलको मात्रा बढाउन सकिन्छ । आज हामी तपाईलाई केहि यस्ता चिजहरुको बारेमा जानकारी गर्द छौ जसको प्रयोगले तपाईको खराब कोलेस्ट्रोल घटाई,हटाई स्वास्थ्य जीवन जीउन मदत गर्दछ ।

१. जैतून को तेल कोलेस्ट्रोल मुख्यतया बीभीन्न प्रकारको तेल चील्लो पदार्थ,आदीको कारणले बढ्छ। सामान्य तेलको तुलनामा जैतुनको तेल प्रयोग गरेर कोलेस्ट्रोल ८% प्रतिशतले घटाउन सकिन्छ ।

२. ओट्स ओट्समा फाइबर पर्याप्त मात्रामा पाइन्छ र यसमा बीटा-ग्लोबिन पनि हुन्छ जसले आन्द्रा सफा गर्छ र कब्जियतबाट राहत दिन्छ। बिहानको खाजामा नियमित रूपमा ओट्स खाँदा शरीरमा ६ % प्रतिशतले कोलेस्ट्रोल कम हुन्छ

३. माछा माछामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । स्वस्थ रहनको लागि, तपाइँ हप्तामा दुई पटक उसीनेर वा ग्रील्ड गरेर माछा खान सक्नुहुन्छ।

४. आलस कोलेस्ट्रोल घटाउनका लागि आलस,आलस दाना निकै उपयोगी हुन्छ

५. ग्रीन टी चिया ग्रीन टी ले कोलेस्ट्रोल घटाउन निकै मदत गर्छ ।

६. धनियाको दाना धनियाको दानाको धूलो एक कप पानीमा उमालेर दिनको दुई पटक पिउनाले पनि कोलेस्ट्रोल कम हुन्छ ।

७. प्याज उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न रातो प्याज निकै फाइदाजनक हुन्छ । एक चम्चा प्याजको रसमा एक चम्चा मह मिसाएर खाना ले कोलेस्ट्रोल कम गर्न सकिन्छ।

८. अमला एक गिलास तातो पानीमा एक चम्चा सुकेको अमलाको धूलो मिलाएर बिहान सबेरै पिउँदा कोलेस्ट्रोल कम हुन्छ ।

९. एप्पल साइडर एप्पल साइडर भिनेगरले हाम्रो शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको स्तर कम गर्छ।

१०. सुन्तलाको रस प्राकृतिक रूपमा उच्च कोलेस्ट्रोल घटाउन नियमित रूपमा सुन्तलाको जुस पिउनु लाभदायक हुन्छ ।

११. नरिवल तेल कोलेस्ट्रोल घटाउनका लागि दैनिक एक देखि दुई चम्चा अर्गानिक नरिवलको तेल खानासँगै प्रयोग गर्नुहोस्। परिष्कृत वा प्रशोधित नरिवल तेल प्रयोग नगर्नुहोस्।

१२. बदाम दैनिक ५० ग्राम बदाम खाँदा कोलेस्ट्रोल घटाउन सकिन्छ ।

१३. ओखर बिहान उठेपछि नियमित रूपमा २–३ ओखर खाँदा कोलेस्ट्रोललाई नियन्त्रण गर्न सकिन्छ ।

१४. देसी बादाम(आलमन्ड ) दैनिक ४–५ वटा बदाम खाँदा पनि कोलेस्ट्रोल कम हुन्छ । बेलुका बदाम भिजाएर बिहान खाँदा राम्रो हुन्छ ।

१५. पिस्ता दैनिक पिस्ता खाँदा कोलेस्ट्रोल पनि कम हुन्छ ।

१६. रेड वाइन हप्तामा २ पटक थोरै रातो अंगूरको वाइन पिएर पनि कोलेस्ट्रोल कम गर्न सकिन्छ।

१७. अंकुरित अंकुरित राजमा, चना, मुग, भटमास आदिलाई सलादको रुपमा प्रयोग गर्दा कोलेस्ट्रोल कम हुन्छ ।

१८. हरियो तरकारी भिटामिन ए, बी र सीका अलावा हरियो सागपातमा आइरन र क्याल्सियम पनि पाइन्छ। यस्तो संब्जीसधै प्रयेग गर्नाले कोलेस्ट्रोल कम हुन्छ । १९, लसुन लसुनको नियमित खानाले खराब कोलेस्ट्रोललाई पनि कम गर्न सकिन्छ ।

२०. चोकर संग रोटी तपाईं चोकर अलग नगरी पीठोबाट बनेको रोटी खाएर पनि आफ्नो कोलेस्ट्रोल कम गर्न सक्नुहुन्छ। २१, सोयाबिन सोयाबीनबाट बनेका चीजहरू जस्तै सोया मिल्क, सोया दही, सोया टोफु, आदिलाई आफ्नो आहारमा समावेश गर्नुहोस्। यसले तपाईंको कोलेस्ट्रोल कम गर्छ।

२२. सूर्यमुखी सूर्यमुखी (सूर्यमुखी) तेल र सीट अनस्याचुरेटेड पोली फ्याटी एसिड पाइन्छ, जुन कोलेस्ट्रोल नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ।

२३. डेयरी उत्पादनहरू आफ्नो आहारमा दूध, दही, दही आदि समावेश गर्नुहोस्। बोसो-रहित डेयरी उत्पादनहरू प्रयोग गर्नुहोस्।

बज्रबारही,चापागाऊ अस्पताल ललितपुर

Loading spinner