महाशिवरात्री, भगवान शिवको पूजा आराधना गरी मनाईंदै

khabarwave
२५ फाल्गुन २०८०

काठमाडौं । आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ । महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ ।

Loading spinner