१५६ जना उपसचिवहरुको सरुवा

khabarwave
२० भाद्र २०८०

काठमाडौं । न्याय सेवा आयोगले सचिव, सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । आयोगको बैठकले ३ जना सचिवको सरुवा गरेको हो भने एक जनालाई सचिवमा बढुवा र पदस्थापन गरेको छ ।

आयोगका अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवमा उदयराज सापकोटा सरुवा भएका छन् । कानुन आयोगकी सचिव लीलादेवी गड्तौला (निरौला)को प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारी नेपाल कानुन आयोगमा सरुवा भएका छन् ।

आयोगले फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरी सत्य निरुपढा तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ / आयोगले १२ जना सहसचिवहरुको पनि बढुवा गरेको छ । सर्वोच्च अदालतका सहरजिस्ट्रार हरिराज कार्की विशेष अदालतको रजिस्ट्रार भएका छन् । उच्च अदालतका रजिस्ट्रार यमबहादुर बुढा उच्च अदालत जनकपुरमा, उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारी उच्च अदालत तुलसीपुरमा सरुवा भएका छन् ।

उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा भएका छन् । आयोगले १५६ जना उपसचिवहरुको पनि सरुवा गरेको छ ।

Loading spinner