५८ सहसचिवहरुको सरुवा

khabarwave
२० भाद्र २०८०

एकै पटक सरकारले ५८ सहसचिवहरुको सरुवा गरेको छ । सरुवा भएकामा ३९ जना प्रशासन सेवातर्फका ८ कृषि तथा वन सेवाका सहसचिव छन् बाँकी ११ जना इञ्जिनियरिङ सेवाका सहसचिवहरु रहेका छन् ।

संघीय मामिला मन्त्रालयमा अमनलाल मोदी मन्त्री हुँदा कर्मचारी व्यवस्थापन कार्यदलको संयोजक रहेर काम गरेका बलराम रिजाललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयतिर खेदिएको छ भने सोही समयमा कर्मचारी प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । उनलाई मन्त्रालयको पर्यटन विभागको महानिर्देशक बनाउन खोजिएको बताइएको छ ।

सामान्यमा सहसचिवद्धय सुमन दाहाल र डा नारायणप्रसाद रेग्मी भित्रिएका छन् ।संष्कृति पर्यटन मन्त्री सुदन किराँतीको नीजि सचिव डा डिजन भट्टराईसँग सेटिङ मिलाएर पर्यटन विभागमा पुगेका होमप्रसाद लुइँटेलको राष्ट्रिय सूचना आयोगतिर पुगेका छन् । लुँइटेलले विभागमा हुँदा सगरमाथा आरोहण गर्न गएका आधार शिबिरमै नपुगी फर्किने डिजन लगायतका कर्मचारीहरुको बदमासी ढाकछोप गर्न सघाँउदै आएका थिए । त्यहाँ कार्यरत रहेका दिवश आचार्यलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।

रामहरी ज्ञवालीलाई लुम्बिनीको उद्योग मन्त्रालयबाट राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ / यस्तै सरुवाको सूची अनुसार उमेश ढुंगानाको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट लुम्बिनी प्रदेशको उद्योग तथा पर्याटन मन्त्रालयमा पुग्दा उमेशको ठाउँमा विष्णुप्रसाद शर्मा पुगेका छन् ।

झलकराम अधिकारी र सुशील वैद्यसहित गृहबाट फालिएर सामान्य प्रशासनको अतिरिक्तमा पुगेपछि सहसचिवद्धय शिवराम गेलाल र टुवराज पोखरेललाई गृहमा भित्र्याइएको छ ।

 

पढाईमा अब्बल भए पनि कार्यसम्पादनमा कमजोर देखिएका कान्छा सहसचिव प्रदीप परियार राष्ट्रिय योजना आयोगमा पुग्दा शहरीको ठेक्का पट्टामा बदमासी गर्दै आएका र रवीन्द्र बोहोराले ठेक्का पट्टामा चलखेल गर्न पाइने अर्काे निकाय सार्वजनिक खरिद अनुगमन कार्यालयको जिम्मेवारी पाएका छन् । प्रदीप र रविन्द्रको सरुवा पछि रिक्त रहेको शहरीमा बिनु बज्राचार्य कुँवर र निरा रिजाललाई लगिएको छ ।
सुशील ढकाललाई प्रदेश प्रुमखको कार्यालय बाग्मती, कृष्णप्रसाद पन्थलाई राष्ट्रिय सतर्कता केन्द्र, एयरपोर्टबाट तानिएर अर्थमा जगेडामा राखिएका अरुण पोखरेललाई आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिममा खटिएका छन् भने यमुना प्रधानलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी, महेश अचार्यलाई अर्थ मन्त्रालय, प्रकाश दाहाललाई आन्तरिक मामिला तथा योजना मन्त्रालय बाग्मती, उद्धवप्रसाद रिजाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ज्ञानराज सुवेदी र शिवप्रसाद रेग्मीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।सुवेदी छोटो अवधिमा सरुवा हुनेमा परेका छन् ।

त्यसैगरी बैकुण्ठनिधि शर्मालाई आन्तरिक मामिला मन्त्रालय सुदूरपश्चिम,कम्पनी रजिष्ट्रार्ड कार्यालयबाट महेश बराललाई राष्ट्रिय योजना आयोग, प्रदीपकुमार कोइरालालाई वन तथा वातावरण मन्त्रालय, यज्ञप्रसाद ढुंगेल र शिवराम न्यौपोनेलाई लोकसेवा आयोग, तोयानारायाण सुवेदीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, मनोजकुमार आचार्यलाई रक्षा मन्त्रालय, तीर्थराज चिलवाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सरेश न्यौपाने र माधव प्रसाद पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पाएका छन् ।

बद्रीकुमार कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी, बद्रीनाथ अधिकारीलाई सामाजिक विकास मन्त्रालय गण्डकी, कृष्णप्रसाद सापकोटालाई भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय, मनमाया पंगेनी भट्टराईलाई राष्ट्रिय योजना आयोग, ओमबहादुर खड्कालाई नेपालगञ्ज उपमहानगरपालिका, उद्धबहादुर घिमिरेसहित मोहनराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालय, डा.नम्रता सिंहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शरणकुमार पाण्डेलाई मधेश प्रदेशको भूमि व्यवस्था मन्त्रालय र राजेन्द्र कोइरालालाई बाग्मतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।जीवनाथ पौडेलले सुदूरपश्चिमको उद्योग पर्यटन मन्यालय, वेदकुमार ढकालले वन तथा वातावरण मन्त्रालय, अशोकुमार साहले मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र डा. सञ्जीवकुमार राईले वन तथा वातावरण मन्त्रालयमा सरुवा पाएका छन् ।

तुल्सीराम भट्टराईले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी, डा सन्तोष कैनीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, राजेनद्रप्रसाद भण्डारीले लुम्बिनीको खानेपानी मन्त्रालय, गणेशराज वस्तीले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी, जकी अहमद अन्सारीले खानेपानी मन्त्रालय, इन्द्रदेव भट्टले बाग्मतीको खानेपानी मन्त्रालय र मोहनकुमार शाक्यले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

 

Loading spinner