सेयर बजारलाई प्राथमिकतामा राखेर नीतिगत व्यवस्थामा सुधार गर्ने

khabarwave
२८ फाल्गुन २०८०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आइतबार नेपाल धितोपत्र ब्रोकर एसोसियसनका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री पुनले नीतिगत व्यवस्थामा सुधार गरेर भए पनि पुँजीबजारको विकास र प्रवर्द्धन गर्ने बताएका हुन् । अर्थमन्त्री पुनले सेयर बजार अर्थतन्त्रको एक हिस्सा रहेको बताएका छन् । ब्रोकर व्यवसायीहरूले बजारको विकास र प्रवर्द्धनका लागि तत्काल र दीर्घकाल गर्नुपर्ने कामहरूलाई सुझावका रूपमा पेस गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत लगानीकर्ताका रूपमा दोस्रो बजारमा सहजरूपमा कारोबरा गर्न दिनुपर्ने माग ब्रोकर व्यवसायीहरूले गरेका छन् । हाल बैंक तथा वित्तीय संस्थाहरूले कोर क्यापिटलको १ प्रतिशतभन्दा बढी सेयर कारोबार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । संस्थागत लगानकर्तालाई बढी जोड दिएर बैंकका लागि पुरानै व्यवस्था कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै, कर्जामा जोखिम भार घटाउनुपर्ने, व्यक्तिगत र संस्थागत लगानीकर्ताका लागि तोकिएको १५र२० करोडको क्याप हटाउनुपर्ने लगायतका माग आफूहरूले राखेको ब्रोकर व्यवसायीहरूको भनाइ छ ।

Loading spinner