धोकेवाजलाई विश्वासको मत दिनु हुँदैन

khabarwave
२८ फाल्गुन २०८०

नेपालको संविधानको धारा ७६ को उपधारा (४) मा प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने ब्यबस्था गरिएको छ। यो ब्यबस्था किन गरिएको हो भने सरकार विश्वासिलो हनु पर्छ वा सरकारले जनताको विश्वास जित्नु पर्छ भनेर हो। प्रधानमन्त्रीले लिने विश्वासलाई प्रतिनिधिसभाको कम्तिमा बहुमत सदस्य संख्याले सहमति दिनु पर्छ। हाम्रो प्रतिनिधि सभामा २७५ जना सांसद भएकोले प्रधानमन्त्री हुन कम्तिमा १३८ जना सांसदको मत आवश्यक पर्छ।

यति खेर हाम्रो प्रतिनिधिसभामा एउटै पार्टीबाट स्पस्ट बहुमत नआएको हुदा अन्य पार्टी संग मिलेर सरकार बनाउनु पर्ने वाध्यता छ। हालको सांसद संख्या हेर्दा सब भन्दा ठूलो पार्टी नेपाली कांग्रेस, त्यस पछि नेकपा एमाले छन् तर यी दुवैलाई छकाउदै आफ्नो राजनीति झण्डै बिलय तिर लागेको तेश्रो दलले नेपाल सरकारलाई नेत्तृत्त्व दिई रहेको छ। सोही दल र त्यसका नेताले यही फाल्गुण ३० गते संसदबाट विश्वासको मत लिने निर्णय गरेको छ। यो पार्टी विगतमा संसदीय ब्यबस्थाको बिरूद्धमा लागेर जनतालाई १० वर्ष सम्म आतंकित पारेको थियो ।

अपहरण, हत्या, चन्दा आतंक, बिष्फोटन जस्ता आतंकबाट पहिचान बनाएको यो पार्टीले आफ्नो गतिविधिमा राजनीतिक भविष्य नदेखेर आफैले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रूपमा चित्रित गरेको संसदीय ब्यबस्थामा आश्रय लिन आई पुग्यो। बैचारिक स्वतन्त्रता, नागरिक हक, मानव अधिकार, न्यायीक स्वतन्त्रताको विरोधी यो पार्टीलाई संविधान सभाको पहिलो निर्वाचनमा यसका १० वर्षे आतंकले जनता भयभित पारेको कारण डरै डरले जनताले मतदान गरेर ठूलो पार्टी बनाईदिए तर यसले संविधान दिन नसक्दा दोश्रो पटक भएको चुनावमा साफ संग हराई दिए जनताले।

यसरी हारे पछि यस पटकको चुनावमा नेपाली कांग्रेस संग गठवन्धन गरेर चुनावमा जादा कांग्रेसका मतदाताको मत पाएर तेश्रो पार्टी बन्न सफल भयो। २०७९ को संसदीय चुनावमा कांग्रेस संग गठवन्धन त गर्यो तर सरकार बनाउने बेला बार्गेनिंग गर्दै एमाले संग मिलेर सरकार बनायो तर धेरै दिन नबित्दै एमाले छोडेर कांग्रेस संग मिलेर सरकार बनायो। यसरी सरकार बनाउदै गर्दा गठवन्धनका साझा कार्यक्रम लागू गर्नुको सट्टा आफ्नो पार्टीका नीति तथा कार्यक्रम लागू गर्ने प्रयास गर्यो जुन कुरा नेपाली कांग्रेसले स्वीकार गर्न सकेन र यही कारण देखाएर पूनः गठवन्धन फेर्दै एमाले संग मिल्न पुगेको छ। यही नयां गठ वन्धनमा गएका कारण माओवादीका अध्यक्ष ( प्रमं) ले संसदबाट विश्वासको मत लिनु पर्ने भएको छ।

अब हेरौ,सरकार प्रमुखको रूपमा रहेका पुष्प कमल दाहाल “ प्रचण्ड” लाई विश्वाशको मत दिने कि नदिने भन्ने कुरा- माथि नै भनियो कि विश्वास के आधारमा गर्न सकिन्छ? विश्वास गर्नलाई त्यो पार्टी र त्यसका नेता विश्वसनीय हुनु पर्छ। विगत हेर्दा माओवादी पार्टी र यसका नेता प्रचण्ड दुवै विश्वसनीय छैनन्। किनभने यो पार्टीले संसदीय प्रजातन्त्रको विरोध गर्दै त्यसबेला खडा भएका आधारभूत संरचनाहरू तहस नहस पारेर, १७००० भन्दा बढीको हत्या गरेर केही उपलब्धी हासिल गरेन, बरू आफै संसदीय प्रणाली मै आश्रय लिन आयो। यसैले यो पार्टी आफ्नो आदर्श र सिद्धान्तलाई पाखा लगाएर आफैले वर्ग शत्रु ठानेका पार्टी संग मिलेर आफ्नो सिद्धान्त विपरीतको ब्यबस्थामा रजगज गरिरहेको छ तर पनि ईमान्दार र विश्वसनीय छैन। यसले देश र जनताको लागि राजनीति गर्ने भनेर भ्रम छर्दै आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त भएको छ। पार्टीका कार्यकर्ता र पार्टीको आम्दानीका लागि सुन तस्करीमा समेत यिनीहरूको संलग्नता भएको पाईएको छ।

आफ्ना अयोग्य लडाकुको रकम सम्बन्धितलाई नदिएर आफैले हजम पारेको आरोपमा खडा भएको मिशिल अख्तियारमा थन्किएर बसेको छ। आफ्नो पार्टीका लागि लडेर मरेका कार्यकर्तालाई राष्ट्रको नाममा लडेको भनी देशको राजस्व छरेर शहीद घोषणा गरेको छ। देशको राजनीति आफ्नो परिवारको नियन्त्रणमा लिएर राणा कालीन परिवारवादलाई जितेको छ। कम्युनिष्टको एकताको स्वांग रचेर पटक पटक सरकारमा गएर आफ्ना विरोधीलाई सिध्याउन लागी पर्ने प्रचण्डलाई पार्टी भित्र र बाहिर सबैले चिनेकै छन्। सबैको चिनारीमा यी एक धोकेबाज मित्र हुन्। हाम्रो नीति शास्त्रले पनि भनेको छ कि” परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम् । वर्जयेत्तादृशं मित्रं विषकुम्भं पयोमुखम् ॥” अगाडि चिप्लो पारेर पछाडि नोक्सानी गर्ने मित्रहरू को संगत तुरून्त छाडीदिनु पर्छ किनभने तिनीहरू त्यस्ता घडा वा वर्तन हुन जसको मुखमा दुध हुन्छ तर घडामा विष भरिएको हुन्छ। त्यसैले मुखमा रामराम वगलीमा छुरा राख्ने प्रचण्ड जस्ता मित्रको संगत कसैले पनि र कहिल्यै पनि गर्नु हुदैन।

यिनले राजनीतिमा धोका दिन कसैलाई बाकी राखेका छैनन्। संसदमा बोल्ने क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतकले त यति सम्म भने कि तपाईले(प्रचण्डलाई लक्षित गर्दै) धोका दिनेहरू एक ठाऊमा भए भने तपाई के गर्नु हुन्छ? भनेर उनले धोका दिएकाहरू धेरै भएको उल्लेख गरे। विश्वासको मत लिन सहज होस् भनेर जसले जुन मन्त्रालय माग्यो उसलाई त्यही मन्त्रालय दिदै हिडेका छन् प्रचण्डले।यस्ता धोकेवाजले फेरि विश्वासको मत लिदै छन् तर यिनलाई विश्वासको मत दिएर देश र जनतालाई धोका दिने काम कसैले नगरौं।

Loading spinner