यसरी पत्ता लगाइयाे नयाँ ट्रेकिङ मार्ग , पूर्बाधार बिकास गर्न सके आर्कषक पर्यटकिय गन्तब्य बन्न सक्ने

khabarwave
२५ फाल्गुन २०७७

नुम्बुर हिमाल रामेछाप जिल्लाको उमाकुण्डा गाउँपालिका वाड नं. १ लछेवार स्थित ६९०० मिटरको उच्चाईमा अवस्थित छ । जहाँबाट १ नं. प्रदेशको बाहेक १. क्वाङदे हिमाल, २. दुध कुण्डा हिमाल, ३. सुन्दर पिक ५३७१ मिटर, ४. जाँबु नुम्री हिमाल ६१६५ मिटर, ५. तरुङगो हिमाल ६६७१ मिटर, ६. तरुङगो ईष्ट हिमाल ६१५२ मिटर, ७. रिपिङ महङगो हिमाल, ६७०५ मिटर, ८. रोलवालिङ काङ हिमाल ६६६४ मिटर, ९. यालुङरी पिक ५७४७ मिटर, १०. दोर्जे पाङमो पिक ५७४७ मिटर, ११. लादिङ हिमाल ६२५७ मिटर, १२. तोवेगेङ पिक ५५४७ मिटर, १३. बेदिङगो हिमाल ६१२५, १४. गोङचिरी हिमाल ६००१ मिटर, १५. लिखु हिमाल, १६. टारे हिमाल, १७. गेजेला पिक र अरु पिक, हिमाल राउण्ड (गुम्नु) पर्ने छ । र यस बाटो धेरै थरीका बनस्पतीहरु, फुलहरु र बुट्यानहरुले मौसम अनुसार पर्यटकलाई स्वागत गर्न कुरिरहेको हुन्छन् ।
बाटोमा विभिन्न ठाउँहरुमा सिला, गुफा, पोखरी तथा छेबुक चो वा दुध पोखरी दिदी बहिनी हो । सोलुखुम्बुको दुध कुण्डा चहि बहिनी हो । साथै यो हिम गंगा नदिको मुहान पनि हो ।

  –     ५६०० मिटरको उच्चाईमा डोरी मार्फत जानु पर्ने चट्टाने बाटो भन्दा मुनिको चट्टाने बाटो ।बाटोमा यस्तो थुप्रै मनोरम झर्नाहरुको अवलोकन गर्न सकिन्छ ।४८०० मिटरको उच्चाइमा रहेको चट्टाने ग्ल्येसियर,४८०० मिटरको उच्चाइमा रहेको चट्टाने ग्ल्येसियरमा थकाई मार्दै । यस्तो ठाउँहरुमा स्की खेल्नको लागि अति उत्तम देखिन्छ ।

यस माथिको हिमाल युला टासी पाल्देन फेदमा दुध कुण्डा हिमाल कारहेलुङ गोरुको जस्तो जुरो छ । स्यामुङ नामरेक्पा, ताते पनि पर्दछ भने पारे फर्के पारी फेदी होम गर्ने डाडु सिलामा देख्न सकिन्छ । दुई वाटा पोखरी भएको पहिला ३०० बर्ष अगाडि तिर सम्म मान्छे गाई नजिक गएमा त्यो पोखरीले खाने वा हराउने गर्दथ्यो । स्थानिय शक्तिशाली साङा पेलोङ दोर्जे लामा ३०० बर्ष पहिला लामाले नाग पोखरीमा होम गरी जिन्छा गर्दा पनि नाग नमान्दा लामाले ड्याङरोले हान्दा तेस्को स्वरुपमा पोखरीमा छाँया अजै पनि राम्रो र स्पष्ट रुपमा सबैले अहिले सम्म देख्न सकिन्छ । पोखरीको छेउमा पोस्तुको ठेली सिलामा अजै पनि राम्रो सँग देख्न सकिन्छ । होम गर्ने सादन डाडु पनि सिलामा नै रहेको छ । हेलम्चो पोखरीमा सेतो याक कहिले कहि देख्न सकिन्छ ।

( २०७७।०४।२१ गते राउण्ड नुम्बुर हिमाल बाटो सर्वे टिम प्रस्थान गरिएको टिमहरु तेम्डी शेर्पा, लाक्पा शेर्पा, आङ भाई शेर्पा, कामी दोर्ची, वोङछ्यु शेर्पा ।)

यो याकले स्थानिय नाकलाई पनि भाले लाग्ने गर्दछ तर यसबाट जन्मेको बाछा चाहि निख्खुर सेतो जन्मिने गर्दछ । यालम्चो पोखरी माथि सात वटा थुम्को रहेको छन् । पहिलो थुम्कोमा जानाकी मन्दिर जस्तो आकृति देखिन्छ भने त्यसको वारीपारी साउन भदौमा अत्यान्तै नौलो आश्चर्यजन मनोरम विभिन्न फुलहरु फुलेको देख्न पाईन्छ । त्यहि जानकी मन्दिर जस्तो देखिने सिलाको पहाडाबाट निरन्तर रुपमा चोखो पानी बगि रहेकोछ । जसलाई यालम्चो पाखेरीमा पानी आउने र पोखरी सुन्दर बनेको । दोस्रो थुम्काको आकृति पुम्बा वा कलाश आकृतिको सिला देखिन्छ । तेस्रो चौथा थुम्कोे विचबाट माथिबाट चिसो र सफा छङछङ पानी आइरहेको देखिन्छ । पाँचौ थुम्काको आतृति बुद्धिष्ट धर्मका तोर्मा तथा क्षोर्तेन जस्तो आकृतिमा देख्न पाईन्छ । छैटौ तथा सातौ थुम्काको पहाडमा समय अनुसार विभिन्न थरीका अचम्म किसिमका फुलहरु फुलेर स्वर्ग झै देख्न सकिन्छ, जहाँ बहुमुल्य जडिबुटी यर्सागुम्बा तथा भुतकेस वा स्थानीय भाषमा कापलहरु धेरै भन्दा धेरै पाईन्छ ।

( ४८०० मिटरको उच्चाइमा रहेको चट्टाने ग्ल्येसियरमा थकाई मार्दै । यस्तो ठाउँहरुमा स्की खेल्नको लागि अति उत्तम देखिन्छ ।)

सैलुङखर्क ठूलो एरिया छ जुन चाहि लछेवारको मूल चौरी खर्क मानिन्छ । त्यसको दक्षिण पुर्व पट्टी अजिङ्गरको सिला रहेको छ । याकलको सिला समेत रहेको देखिन्छ । गगनचुम्बी चटान वा सिलाहरुमा लामाको जुत्ताको आकृतिको सिला पनि यसै स्थलमा हेर्न सकिन्छ । जसलाई हेर्दा जो कोहि अचम्भित हुन आफैमा बाध्य बनाउदछ ।

कुना खर्का डाँडामा गाईको शिर वा टाउकाको आकृतिको सिलामा सजिएको मनोरम सिला दृश्य देख्न सकिन्छ । त्यसैको अलिकति मुन्तिर चेकिङ–चाकुङ गरुडको सिला समेत तपाई हामी जो कोहि त्यो ठाउँ पुगेमा स्पष्ट रुपमा देख्न सकिन्छ ।स्रोतः१. पेम्बा शेर्पा (लामा ङवाङ तम्क्षोक लामा बर्ष ६० को मिति २०७७ भदौ १८ गते विहान ।
आश्चर्य जनक र रोचक यथार्थ कथा ङेजुमा ।
परापुर्वकालमा प्राकृतिक रुपमा क्रिष्टल ढुंगा (स्यार्तुक्) मा उत्पति भएको कउ छोर्तेन (स्तुपा) अहिलेसम्म कसैकसैले औशीं पूर्णेमा बुद्ध धर्म अनुसार धार्मीक रुपमा लामाले बजाउने ज्याम्टो र ग्यालिङ बजाएको सुनिने अजै पनि कोहि कतै यो स्थलमा औसी पूर्णमा पुग्न सफल भएमा सुन्न सक्नेछ । यो आधुनिक युगका नौलो र आश्चार्यजनक कुरा मानिन्छ किनकी यो कुरा जो कसैले पत्याउदैनन् । ङेजुबाट ३ किलोमिटर माथि यात्र गरेपछि पूर्व पट्टिको पहाडमा पहाडको आकृति नै बिशाल २ जना मान्छेको आक%

Loading spinner