निजी मेडिकल कलेज एसोसिएशनको अध्यक्षमा डा कार्की

khabarwave
२१ मंसिर २०७९

काठमाडौं । निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएशनको मंगलबार बसेको साधारण सभाले डा ज्ञानेन्द्रमान सिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। एसोसिएशनको उपाध्यक्षमा बुद्धिमान श्रेष्ठ, महासचिवमा भिम चन्द चयन भएका छन्। यसअघि एसोसिएशनको अध्यक्षमा वसरुद्धिन अन्सारी थिए।

Loading spinner