काठमाडौं । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, उत्तर आन्ध्र महासागर तथा स्पेन र पोर्चुगलका केही भूभागबाट देखिनेछ। नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन। नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान गरिएको छ। उत्तरी गोलार्धका अन्य स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। कहाँबाट देखिनेछ.... पुरा पढ्नुहोस
काठमाडौँ उपत्यकासहित देशभर देखिएको एलपी ग्यासको अभाव बिस्तारै कम हुँदै गए पनि बजार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन करिब एक महिना लाग्ने व्यवसायी तथा नेपाल आयल निगमले बताएका छन्। ग्यास डिपोमा बिहानैदेखि लामो लाइन लाग्ने समस्या अझै कायम छ। आपूर्ति बढ्न थाले पनि विगत दुई महिनामा करिब ३० हजार मेट्रिक टन ग्यास कम आयात भएकाले अहिले खाली सिलिन्डरहरू पुनः भर्न समय लाग्ने बताइएको छ। पश्चिम एसियामा बढेको द्वन्द्वका कारण आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास मात्र बिक्री गर्ने व्यवस्था गरेको थियो। त्यसबाट सीमित ग्यास धेरै उपभोक्तासम्म पु.... पुरा पढ्नुहोस