कैदीबन्दीबीच झडप,भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार

khabarwave
५ आश्विन २०८०

बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।

गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले  बताए ।उनका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताए ।कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । प्रहरीका अनुसार, बालसुधार गृहमा पोशाकका प्रहरीको उपस्थिति हुँदैन । ‘सिभिलमा सीमित प्रहरी मात्र खटिन्छन्, सबै संस्थाले व्यवस्थापन गर्ने हो’, डाँगी भन्छन् ।

 

Loading spinner