सार्वजनिक बिदाकाे निर्णयसँगै मन्त्रिपरिषद्को बैठकबाट सचिब बढुवा

khabarwave
४ श्रावण २०७८

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । सोमबार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले  वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ । बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा असार ३१ गते सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

त्यसैगरी  सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सचिवमा प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका डा. पोखरेललाई सरकारले बढुवा गरेको हो । उनीसँगै १२औँ तहका दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ पनि सचिवका लागी दाैडमा थिए ।

Loading spinner