सरकारले ५सय १५ अर्ब रुपैयाँ राजस्व संकलन

khabarwave
१ माघ २०८०

काठमाडौं । चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको छ ।

पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता ९४ प्रतिशत संकलन हुन्छ ।सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ ।राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको उनले जानकारी दिए । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो ।

 

सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो । प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको बताए ।यस वर्ष आन्तरिक अन्तःशूल्कमा सबैभन्दा बढी कमी देखिएको उनले बताए । ‘आयातमा गत आव र यस वर्ष उस्तै प्रकृतिमा राजस्व गिरावट छ,’ उनले भने, तर यस वर्ष आन्तरिक अन्तःशूल्कमा भने सबैभन्दा धेरै गिरावट आएको छ ।’

आन्तरिक अर्थतन्त्र विस्तार भइरहेको संकेत राजस्व वृद्धिदरले गरेको भन्दै उनले आगामी ६ महिनाका लागि अर्थ मन्त्रालयले अब थप रणनीति बनाउने उनले बताए । ‘यो अर्थ मन्त्रालयको मात्र काम नभई समग्र सरोकारवाला निकायको जिम्मेवारी हो,’ उनले भने, ‘सोही अनुसार हामी रिभ्यू गर्छौं ।   उनका अनुसार चुरोट र वियरबाट संकलन हुने अन्तःशूल्क प्रभावित भएको छ । यसमा विद्युतीय चुरोटको प्रभाव देखिएको हुन सक्ने भन्दै यसमा पनि रिभ्यू गर्नुपर्ने उनी बताउँछन् ।

 

Loading spinner