अवैध लागूऔषधसहित तीन जना प्रहरीकाे कब्जामा

khabarwave
१६ कार्तिक २०७७

काठमाडौं । झापा, मेचीनगर नगरपालिका-६ बाट २६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत दार्जिलिङ पश्चिम वंगाल खोरीबारी बस्ने २५ वर्षीय साधिक आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, सम्सी गाउँपालिका-६ सम्सी बजारबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा मिथिला नगरपालिका-७ ढल्केबर बस्ने २४ वर्षीय मुक्त्ति कुमार बुढाथोकी र महोत्तरी बर्दिबास नगरपालिका-३ गौरीडाँडा बस्ने २४ वर्षीय रण बहादुर ठारा मगर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ प ५०१३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक बुढाथोकीको साथबाट ६ सय थान नाइट्राभेट र मगरको साथबाट ३० ट्याब्लेट नाइट्रोभेट, १० ट्याब्लेट नाइट्राजेपाम र २४ ट्याब्लेट स्पास्मो प्रोक्सभिन फेला पारी बरामद गरेको हो ।
बाँके, राप्तीसोनारी गाउँपालिका-१ शिवखोलाबाट करिब ३ किलो अवैध लागूऔषध अफिम सहित रुकुम सानिभेरी गाउँपालिक -८ बस्ने २७ वर्षीय चन्द्र प्रकाश वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading spinner