आज एमाले सचिवालय बैठक बस्दै

khabarwave
४ जेष्ठ २०८३

एमालेको सचिवालय बैठक आज बस्दैछ। नेताहरूको कार्यविभाजन लगायत महत्वपूर्ण संगठनात्मक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठक दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तय गरिएको छ। बैठकमा स्थायी कमिटी, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्जहरूको जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्ने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। साथै विभिन्न विभागका प्रमुख, उपप्रमुख र इन्चार्जहरू पनि तोकिने सम्भावना रहेको छ। ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि एमालेले अहिलेसम्म नेताहरूको कार्यविभाजन टुंग्याउन सकेको छैन। त्यसैले आजको बैठकलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ। एम.... पुरा पढ्नुहोस

युद्ध भड्किने इरानको चेतावनी

khabarwave
३ जेष्ठ २०८३

इरानका उच्च अधिकारीहरूले अमेरिका र खाडी मुलुकलाई पुनः युद्ध भड्किन सक्ने चेतावनी दिएका छन् । यसबीच अमेरिकी तथा इजरायली सैन्य तयारीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टपछि मध्यपूर्वमा तनाव फेरि बढ्ने संकेत देखिएको छ । इस्लामिक रिपब्लिक अफ इरानका सर्वोच्च नेता सुप्रिम लिडरका सल्लाहकार मोहम्मद मोखबरले हालै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमण अत्यन्त संयमित रहेको बताएका छन् ।उनले भनेका छन्, ‘हालको युद्धमा सेन्टकम ९अमेरिकी सेन्ट्रल कमाण्ड०का अड्डामाथि हाम्रो प्रतिकारात्मक हमला सीमित थियो, तर यो संयम सधैं कायम रहँदैन ।’ मोखबरले खाडी मुलुकहरूले आफ्नो स्वतन्त्रत.... पुरा पढ्नुहोस

मनोरञ्जन