८० लाखले पाउने ग्यारेन्टी भएकाे शेयर जारी हुदैँ

khabarwave
१३ पुष २०७७

काठमाडौं । पूर्वाधार विकास बैंकले आईपीओ  जारी गर्ने तयारी थालेको छ ।  धितोपत्र बोर्डले निष्कासनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डको १० कित्ता नीति अनुसार १० कित्ता मात्र पाउँदा पनि ८० लाख जनाले पाउने देखिन्छ । पछिल्लो समय आइपीमा बढ्दो आकर्ष देखिएकै कारण बजारमा पछिल्लो पटक आइपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्समा १० लाखले आवेदन दिएका थिए ।बोर्डले पूर्वाधार विकास बैंकलाई प्रति कित्ता १०० रुपैंयाको दरले ८ करोड कित्ता सेयर जारी गर्न अनुमति दिएको हो । ८ करोड कित्तामा सामुहिक लगानी कोष र कर्मचारी आरक्षण रहेको छ ।  आवेदकले यसमा न्यूनतम ५० कित्ता सेयर पाउने सम्भावना बलियो छ । नेपालको सेयर बजारको इतिहासमा पूर्वाधार विकास बैंकले अहिलेसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको हो ।

Loading spinner