आर्थिक जिवनलाई कसरी पूर्ववत अवस्थामा फर्काउन सक्छौं भन्ने गम्भिर- अर्थमन्त्री

khabarwave
२७ मंसिर २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने दावी समेत गरेका छन ।अर्थतन्त्रमा कोभिड-१९को महामारीको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने उनकाे भनाइ छ ।

नेपाल आर्थिक पत्रकार संघ को पाँचौं सभालाई काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले   कोभिड-१९को खोप आपूर्तिका लागि आवश्यक पर्ने स्रोतका विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि दिए । ‘आर्थिक जिवनलाई कसरी पूर्ववत अवस्थामा फर्काउन सक्छौं भन्ने गम्भिर प्रश्न हामीबीच छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको बीचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दावी गरेका छन ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीतिनियम ल्याउनुपर्ने माग समेत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बन्द उद्योग व्यवसायलाई पुनस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए  ।

Loading spinner