नेपाल र भारतबीच नियमित हवाई उडान हुने

khabarwave
२५ मंसिर २०७७

काठमाडौं । ९ महिनापछि नेपाल र भारतबीच नियमित हवाई उडान हुने भएकाे छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् । कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा स्वयं एयरलाइन्सलाई दिइएको छ ।एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । भारतले उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ । नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् ।

अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ ।

 

 

Loading spinner