कृषि मन्त्रालय भन्छ-मल अभाव छैन

khabarwave
१७ मंसिर २०७७

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन मार्फत गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले धेरै मात्रामा मल उपलब्ध भएर वितरण भईरहेकाे , खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको जानकारी दिदै कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको बताएका छन ।मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया  चाँडै ल्याउने तयारी गरिएकाे छ ।

Loading spinner