छैठौं राष्ट्रिय उद्योग दिवस-कसले के भने ?

khabarwave
९ मंसिर २०७७

काठमाण्डाै । उद्योग र रोजगार, समृद्धिको आधार भन्ने मुल नाराका साथ मंगलबार छैठौं राष्ट्रिय उद्योग दिवस मनाइएको छ । उक्त दिबसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  तिव्र औद्योगिकीकरणका माध्यमबाट आर्थिक समृद्धि र रोजगारी सिर्जना हुने भएकाले उद्योग क्षेत्रको सम्बर्धन, संरक्षण र विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले उद्योग क्षेत्रमा परेको प्रतिकुल प्रभावका कारण औद्योगिक उत्पादनमा सरोकारावालाहरुले दिएको योगदानको प्रसंसा गर्नुभएको छ ।

यसैगरी उद्योग राज्यमन्त्री मोतीलाल दुगडले मुलुकमा रोजगारी सिर्जना गर्न आयत प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न महत्वपूर्ण योगदान गर्ने स्वदेशी उद्योगहरुबाट उत्पादित वस्तु तथा सेवालाई उपभोक्तासम्म पुग्ने गरी सबल आपूर्ति श्रृङ्खला स्थापना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।
उद्योग सचिव चन्द्रकुमार घिमिरेले उद्योग व्यवसाय स्थापना र सञ्चालन गर्न सरल, सहज, पहुँचयोग्य बनाउन संघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय र सहकार्यमा विभिन्न कानुनहरु जारी गरिएको बताउँदै नेपाल सरकार र निजी क्षेत्रको समन्वयबाट उद्योग क्षेत्रको विकास हुनसक्छ भन्ने कुरामा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।
उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले औद्योगिक लगानीलाई थप सहज बनाउन लगानीमैत्री प्रशासन मार्फत् उद्योगी व्यवसायीहरुलाई सबै प्रकारको सेवा दिने कार्य उद्योग विभागको एकल बिन्दू सेवा केन्द्रबाट भइरहेको जानकारी दिँदै विभागको काम कारबाहीलाई विद्युतीय प्रणालीामा परिणत गर्ने गरी प्रक्रियाको थालनी भएकाले आगामी दिनमा गुणस्तरीय तथा शिघ्र सेवा सुविधा उपलब्ध गराउन सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विभागका प्रवक्ता विनोदकुमार खड्काअनुसार मन्त्री भट्टको प्रमुख आतिथ्यतामा उद्योग मन्त्रालयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम राखिएको थियो । विभागका महानिर्देशक भुसाल र उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले उद्योग व्यवसायको पछिल्लो अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Loading spinner