यसकारण महासंघकाे वस्तुगत कार्यसमिति सदस्यमा कार्कीकाे उम्मेदवारी

khabarwave
८ मंसिर २०७७

काठमाडाै । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक सभा तथा नयाँ नेतृत्वका लागि निर्वाचन यही मंसिर ११ देखि १३ गतेसम्म हुने भएको छ । उक्त साधारणसभाले नयाँ नेतृत्व समेत चुन्ने भएका कारण नेपाल उद्योेग बाणिज्य महासंघको निर्वाचनमा उमेशलाल श्रेष्ठ समूहका वस्तुगत कार्यसमिति सदस्यमा वरिष्ठ निर्यात व्यवसायी हरिबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ ।

निर्यात परिषद्का केन्द्रीय अध्यक्ष समेत रहनुभएका कार्कीको चुनावी नारा, समृद्धिको आधार राज्य, निजी क्षेत्रको साझा अवधारणाका साथ निर्यात व्यापारको सुधार अर्थतन्त्रको मूल आधार रहेको छ । आर्थिक समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताउँदै कार्कीले वस्तुगत क्षेत्रको कार्यसमिति सदस्य पदमा निर्वाचित भएपछि यस क्षेत्रको विकासका लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्की विगत २५ बर्ष देखि एक्सपोर्ट तथा कार्गोे व्यवसायमा संलग्न रहँदै आउनुभएकाे छ । हाल नेपाल एक्सपोर्ट काउन्सिलका अध्यक्ष रहेका उहाँ विगत अढाई दशक देखि यस क्षेत्रमा संलग्न रहँदै आउनुभएकाे छ  ।  जेनिथ एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि.का सञ्चालकसमेत हुनुहुन्छ ।उहाँ अध्यक्ष रहेको नेपाल निर्यात परिषद् निर्यात कार्यमा संलग्न रहँदै आएका व्यवसायीहरुको सामुहिक हकहितको उद्धेश्यले स्थापना भएको संस्था हो । यस संस्थामा हाल ठमेल लगायतका पर्यटकीय क्षेत्रमा संलग्न रही नेपाली उत्पादन कार्पेट, गार्मेन्ट, पश्मिना, हस्तकला लगायतलाई विदेश निर्यात गर्ने कार्यमा संलग्न रहँदै आएका करिब ७ सय व्यवसायीहरु समेटिएका छन् । यी निर्यात व्यवसायीहरुले उत्पादक र कार्गो व्यवसायी बीच पुलको काम गर्दै आएका छन् ।

 

Loading spinner