शिवम् सिमेन्ट उद्योगमा आगलागी

khabarwave
६ मंसिर २०७७

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा  आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिएकाे छ  ।प्रहरीले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताएकाे छ ।

 

Loading spinner