कृषि प्राविधिकका लागि १सय ७७ नयाँ कर्मचारीकाे माग

khabarwave
२७ भाद्र २०७७

काठमाडौं । प्रदेश नं  ५ काे सरकारले  १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ ।

हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न गरी सरकारले बिज्ञापन निकालेकाे हाे।

प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने र यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ ।

 

Loading spinner