ग्यास्ट्रिक भगाउने लसुन

khabarwave
३२ श्रावण २०७७

एजेन्सी । ग्याष्ट्रिक नेपालीको साझा समस्या भएको छ । खापानको समय नमिल्दा र खाद्य पदार्थको गुणस्तर तथा मिसावटले गर्दा मानिसमा स्वास्थ्य समस्या बढिरहेको छ । मानव स्वास्थ्यका लागि गुणकारी फल हो लसुन । यसको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । लसुनको पोटी एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ । लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ । लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन । स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

Loading spinner