दुई नेपाली कम्पनिको औषधि विक्री–वितरणमा रोक

khabarwave
२८ कार्तिक २०७९

काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन भएको भन्दै दुई वटा नेपाली कम्पनिको औषधि विक्री–वितरणमा रोक लगाएको छ । विभागले सूचना जारी गर्दै लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो । बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी (भिटामिन डिथ्री) नामको औषधि न्यून गुणस्तरको फेला परेको विभागले जानकारी दिएको हो । यी क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरू बायोकल डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाडौंको गोठाटारमा उत्पादन हुने गरेका हुन् । विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

Loading spinner