कागती पानी भनेर मात्र हुन्छ…..

khabarwave
३२ श्रावण २०७७

एजेन्सी । जे चिजमा पनि अतिले खति निम्त्याउँछ । जे कुराको पनि सीमा हुन्छ । सीमा नाघ्यो भने त्यसले क्षति पुर्याउँछ । तपाईले आजसम्म कागतीको फाइदा बारे थुप्रै कुरा सुन्नुभएको छ होला । कागतीपानीले तौल कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज यसको बढी प्रयोगले हानी पनि पुर्याउँछ ।
मानिसले बिहान उठेपछि कागती पानी पिउँछन् त्यसले निकैं फाइदा पुराउँछ, तर यसको साइड इफेक्ट पनि छन् ।
पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।
कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।
यदि तपाईको गाला वा अनुहारमा घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ । यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ ।
धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ । (एजेन्सी)

Loading spinner