४७ हजारकालागि राेजगारी खुल्याे

khabarwave
१२ माघ २०७७

काठमाडौँ । केन्द्रीय तथ्याङ् विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो ।

विभाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  राष्ट्रिय जनगणना सञ्चालक निर्देशिका २०७७ को दफा १३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सुपरीवेक्षक तथा गणकको लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्नसक्ने छन् । सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र गणकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

आगामी २०७८ जेष्ठ २५ देखि अषाढ ८ सम्म १२औं जनगणना हुँदै छ ।

Loading spinner