उखु किसान आक्राेशित, माघ १० गतेदेखि फागुन २१ सम्म आन्दोलनकाे घाेषणा

khabarwave
८ माघ २०७७

काठमाण्डाै । उखु किसान संघर्ष समितिले सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ ।

संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ -किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा भनिएको छ ।

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

 

Loading spinner