कोरोनाविरुद्धको खोप खरिदकालागि सरकारले माग्याे सहयाेग

khabarwave
२९ पुष २०७७

काठमाण्डाै ।  सरकारले कोरोनाविरुद्धको खोप खरिदका आर्थिक संकलन गर्न ‘खोप कोष’ को स्थापना गरेको छ । सरकारले एक सार्वजनिक सूचना नै जारी गरेर कोषमा योगदानतार्थ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको हाे।

मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो ।
मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

Loading spinner