राजस्व अनुसन्धान विभागद्वारा १५ जना विरुद्ध मुद्दा दर्ता

khabarwave
२६ पुष २०७७

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बील बनाई राजस्व छलेको आरोपमा १५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ ।

विभागले न्यू सयपत्री इन्टरप्राइजेज नाम फर्म खडा गरेर कर छलेको आरोपमा विभागले विवेक मगरसहित १३ वटा फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको हाे । त्यसैगरी त्यो फर्मसँग कारोबार गर्ने मनिष कुमारसहित १५ जनामाथि एक अर्ब २२ करोड रुपैयाँ मागदाबी गरिएको विभागले जनाएको छ । उनीहरुले कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न फर्म स्थापना गरेका थिए ।

 

Loading spinner