दर्शन बचत तथा ऋण सहकारी आफ्नै सुविधासम्पन्न भवनमा

khabarwave
२५ पुष २०७७

काठमाण्डाै । दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दसौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष   केपी उप्रेतीको प्रमुख  आतिथ्यतामा सम्पन्न उक्त साधारणसभामा विश्व  विश्वविख्यात माेडल एबं पर्यटन व्यवसायी आङतेम्बा     बिशिष्ट अतिथिकारूपमा उपस्थित हुनुहुन्थ्याे । अन्य अतिथिहरुमा किर्तिपुर नगरपालिकाका  वडा नम्बर ९ का  वडाध्यक्ष गंगाराम महर्जनकाे उपस्थिति थियो ।

साधारणसभाको अवसरमा संस्थाकाे आफ्नै सुविधासम्पन्न भवनकाे  उद्घाटन गरिएको थियो ।संस्थाकाे साधारणसभामा संस्थाका अध्यक्ष दिनेश   दर्शनधारीले सभामा दशाै बार्षिक   प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाले विषम परिस्थितिमा पनि सदस्यकाे घरमा गई बचत फिर्ता गर्ने ने लगायतका कार्यहरु कुशलतापूर्वक सम्पन्न गरेको छ। सहकारी बैंककाे मुख्य शाखामा काराेबार गर्ने सहकारीमध्ये उक्त सहकारी  यसवर्ष उत्कृष्ट भएको छ ।

Loading spinner