उपप्रधानमन्त्री पोखरेलका सम्धीले दिए राजिनामा

khabarwave
२४ पुष २०७७

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् ।अर्थमन्त्री विष्णु पौडेलले धनीराम शर्मालाइ बैंक अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन्।

उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी भएका कारण अध्यक्ष बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि कोइराला अध्यक्ष बन्न पाएनन् ।अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव शर्मा नियुक्त भएपछि असन्तुष्ट बनेका कोइरालाले अर्थमन्त्रीलाई सम्वोधन गर्दै राजीनामा बुझाएका छन् ।

Loading spinner