धनकुटाको भिरगाँउमा न्यानो कपडा वितरण

khabarwave
२२ पुष २०७७

काठमाण्डाै । सामाजिक क्षेत्रमा क्रियाशिल  विपि कोइरला सोसिलिष्ट इन्टरनेश्नल नेपाल र केयर वेमन नेपालले धनकुटाको भिरगाँउमा रहेको धर्मोदय प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा बोल्दै सस्थाकी अध्यक्ष इन्दिरा थापाले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्यमा समस्या भए भिरगाउबासीलाइ  सम्पर्क गर्न आग्रह गर्नुभयो ।  विगत देखि नै विभिन्न सामाजिक सेवामा समर्पित हुदै आएको सस्था भएको हुदाँ समाज रुपान्तरणमा लागिरहने समेत उहाले बताउनुभएकाे थियाे ।
देबेनारा समूह विराटनगरको सहयोगमा विपि कोइरला सोसिलिष्ट इन्टरनेश्नल नेपाल र केयर वोमन नेपालले विद्यालयका ६९ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा सस्थाका अध्यक्ष  थापाले विद्यालयमा अन्यायनरत ६९ जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर , टोपी लगायतका सामाग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै समाजसेवि द्रोणप्रसाद गुरासगाईले यस्ता खालका सहयोगले विद्यार्थीहरुमा पढाईप्रति थप हौसला प्राप्त हुने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आयोजक सस्थाका सदस्यहरु, विद्यायका अध्यक्ष, विभिन्न संघसस्थाका प्रतिनिधी तथा अविभावकहरुको समेत उपस्थिती रहेको थियो ।

Loading spinner