काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर सात दिनभित्र सुझाव दिन आग्रह गरेको हो । विधेयकको प्रस्तावित मस्यौदामा निजामती सेवा समयबद्ध, सूचना प्रविधिमा आधारित, निर्णय प्रक्रिया तथा सेवा ढिलाइमा स्पष्ट उत्तरदायित्व र नागरिक संलग्नलतामा आधारित मूल्याङ्कन प्रणालीसहितको सेवा हुने उल्लेख छ । निजामती सेवा श्रेणीगत र तहगत मिश्रित संरचनामा आधारित हुने प्रस्ताव गरिएको छ । जसअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीमा अधिकृत चौधौँ र तेह्रौँ तह, राजपत्राङ्कित प्रथम श्रेणीमा .... पुरा पढ्नुहोस
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष ४ अर्ब २८ करोड रुपैयाँ थियो। त्यस्तै, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले बढेर ९५ करोड ७३ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी २०.४० प्रतिशतले वृद्धि भई ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफ.... पुरा पढ्नुहोस