हिरासतबिनै दुर्गा प्रसाईं रिहा, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न दियो अनुमति

khabarwave
१९ श्रावण २०८३

भक्तपुर । राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार अदालतको आदेशपछि प्रसाईंलाई रिहा गरिएको हो। प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गरेको थियो। जिल्ला अदालत भक्तपुरले ती मुद्दामा हिरासतमा राख्न आवश्यक नदेखिएको भन्दै प्रसाईंलाई बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। .... पुरा पढ्नुहोस

आयात बढ्दा पनि किन हटेन ग्यास अभाव?

आयात बढ्दा पनि किन हटेन ग्यास अभाव?
khabarwave
१९ श्रावण २०८३

काठमाडौं । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने (एलपी) ग्यास नेपाल भित्रिएको छ। उद्योगीहरूका अनुसार हाल दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ, जुन सामान्य अवस्थाको आवश्यकताभन्दा बढी हो। तर पर्याप्त आयात हुँदाहुँदै पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता ग्यासका लागि लाइन बस्न बाध्य छन्। नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालय परिसरमा दैनिक ग्यास सिलिन्डर साट्न आउने उपभोक्ताको भीड लाग्ने गरेको छ। स्थानीय डिलर तथा पसलमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि उपभोक्ताले सास्ती खेपिरहेका छन्। एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार असार ३.... पुरा पढ्नुहोस

मनोरञ्जन