काठमाडौं । नेकपा (एमाले) को शुक्रबार बसेको सचिवालय बैठक नेतृत्वको विषयलाई लिएर निकै तनावपूर्ण बनेको छ। बैठकमा सहभागी चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेपछि छलफल चर्किएको स्रोतले जनाएको छ। बैठकमा पार्टीका पाँच उपाध्यक्षले धारणा राखेका थिए। तीमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा व्यक्त गरेका हुन्। उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको अवस्थाबारे नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्न.... पुरा पढ्नुहोस
काठमाडौं । विदेशमा गरिएको उपचारको खर्च राज्यकोषबाट भुक्तानी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तीव्र बनाएपछि नेकपा (एमाले) ले झण्डै चार करोड रुपैयाँ राज्यकोषमा फिर्ता गरेको खुलासा भएको छ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार गत जेठ १ गते एमालेले पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चबापत राज्यकोषबाट भुक्तानी भएको रकम फिर्ता गरेको हो। तीन जनाको नाममा भुक्तानी गरिएको कुल ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरिएको बताइएको छ। फिर्ता गरिएको रकममध्ये डा. यादवको नाममा ६५ लाख २५ हजार रुप.... पुरा पढ्नुहोस