काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई केही दिन अस्पतालमै राखिने भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालले आइतबार विज्ञप्ती जारी गरी उनलाई निमोनियाको हल्का संक्रमण देखिएको र त्यसको उपचार सुरू गरिएको जानकारी दिएको छ। अहिले उनको स्वास्थ्य स्थिर रहेको पनि अस्पतालले जानकारी दिएको छ। अस्पतालले आगामी २र३ दिन चिकित्सकको निगरानी र हेरचाहमा राखिने जानकारी दिएको छ। स्वास्थ्यमा समस्या देखिएका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको समारोहमा सहभागी भएनन्। शुक्रबार दिउँसो सरकारले बजेट.... पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई व्यवस्थित गर्न गठन गरिएको समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहोरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल सदस्य रहेका छन्। त्यसैगरी, पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरू पनि मूल आयोजक समितिमा स.... पुरा पढ्नुहोस