काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन २१ बुँदे निर्देशन जारी गरेका छन्। न्यायपालिकाप्रति आम नागरिकको विश्वास र आस्था कायम राख्न स्वच्छ, निष्पक्ष, छिटोछरितो तथा गुणस्तरीय न्याय सेवा प्रवाह आवश्यक रहेको उल्लेख गर्दै उनले समर्पणभाव, जिम्मेवारी, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न निर्देशन दिएका हुन्। प्रधानन्यायाधीश शर्माले सुशासन प्रवर्द्धनमा राज्यका सबै निकायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सार्वजनिक सेवा प.... पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएका ती दुवै विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।.... पुरा पढ्नुहोस