काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बसेका संघसंस्था तथा निकायलाई हटाउन बल प्रयोग गर्ने तयारी गरेको छ। ३५ दिने अल्टिमेटम सकिए पनि जग्गा खाली नगरिएपछि विश्वविद्यालयले यस्तो निर्णय गरेको हो। त्रिविको सामान्य प्रशासन महाशाखाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न ३५ दिनको समय दिएको थियो। सोही आधारमा १७ वटा संघसंस्था तथा निकायलाई पत्राचार समेत गरिएको थियो। तर निर्धारित समय सकिँदा पनि जग्गा फिर्ता नभएपछि विश्वविद्यालयले कडाइ गर्ने निर्णयमा पुगेको हो। त्रिवि उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यका अनुसार खाली.... पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मतभेद देखिएको छ। पार्टीका केही नेता तथा सांसदहरूले प्रधानमन्त्रीले संसद्बाटै माफी माग्नुपर्ने धारणा राखिरहेका छन् भने अर्को समूहले माफी आवश्यक नभएको अडान लिएको स्रोतले जनाएको छ। पार्टी सचिवालय स्रोतका अनुसार विवेकशील साझाबाट रास्वपामा आएका नेताहरू र केही प्रभावशाली सदस्यहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर सार्वजनिक रूपमा स्पष्टीकरण वा माफी आवश्यक रहेको बताएका छन्। अर्कोतर्फ प्रधानमन्त्रीनिकट समूहले उक्त अभिव्यक्तिलाई सन्दर्भविहीन रूपमा व्याख्या.... पुरा पढ्नुहोस