काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू अप्ठेरो अवस्थामा परेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा विरोध जनाउँदै तत्काल सच्याउन र माफी माग्नुपर्ने माग अघि सारेका छन्। यस विवादका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्। संवैधानिक तथा कूटनीतिक क्षेत्रका विज्ञ र पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपरिपक्व र विवादास्पद भन्दै आलोचना गरेका छन्। यस विषयमा रास्वपा सांसदहरूको धारणा बुझ्दा अधिकांश.... पुरा पढ्नुहोस
काठमाडौं। पार्टीभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद तीव्र बन्दै गएको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। पछिल्लो समय पार्टीभित्र गुटगत असन्तुष्टि, अनुशासन उल्लंघनका आरोप र नेतृत्वप्रति सार्वजनिक आलोचना बढ्दै गएपछि बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। बैठकमा मुख्यतः विभिन्न निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा परेका पुराना उजुरीहरू तथा हालै दर्ता भएका अनुशासन उल्लंघनसम्बन्धी नयाँ उजुरीहरूमाथि छलफल हुने बताइएको .... पुरा पढ्नुहोस