काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ । बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ । मंगलबार प्रमाणीकरणका लागि राष्.... पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही जाँदै छन्। निर्वाचन हारेपछि सभापति थापा आज पहिलोपटक सर्लाही जान लागेका हुन्। गएको फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा पराजित भएका थिए। सर्लाही ४ मा उनी रास्वपाका अमरेश सिंहसँग राजित बनेका हुन्। चुनावमा भएको पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही आउन लागेको कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीले जानकारी दिए। आज सभापति सर्लाही आउँदै हुनुहुन्छ। चुनावको परिणामपछि आज उहाँ पहिलोपटक सर्लाही आउन लाग्नु भएको हो, कार्कीले भने, मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी.... पुरा पढ्नुहोस