काठमाडौँ । न्याय सेवा आयोगको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव ) मा बढुवा गर्ने निर्णय गरेको छ।भट्टराईलाई सोही कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापनसमेत गरेको छ । बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ ।त्यसैगरी बिहिबार बसेकाे मन्त्रिपरिषद्को बैठकले नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णयसँगै केही नियुक्तीहरु गरेकाे बताइएकाे छ ।.... पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो।ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा प.... पुरा पढ्नुहोस