काठमाडौं । नेकपा एमालेकाे ओली निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता एबं अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको साे बैठकमा पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ । बैठकले केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि ओलीलाई दिइएको छ ।.... पुरा पढ्नुहोस
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवहरू मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम सचिव बढुवाकालागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे । सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा र रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखामा पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय.... पुरा पढ्नुहोस