काठमाडौं । नेकपा एमाले पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने बताइएकाे छ । नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धतिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिने उक्त समुहले निर्णय गरेकाे छ ।नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ ।.... पुरा पढ्नुहोस
काठमाण्डाै । नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ- ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने .... पुरा पढ्नुहोस