काठमाण्डाै । जनता समाजवादी पार्टीका चार प्रदेश सांसदलाई पार्टीले कारवाही गरेको छ । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको हो । यो कदमले जसपा भित्रको विवाद झन् चर्किने संकेत देखिएको छ । प्रदेशसभा सचिवालयको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।सचिवालयका अनुसार पार्टीले ती चारजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको पत्र प्राप्त भएको छ । उता जनता समाजवादी पार.... पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौं उपत्यका ( काठमाडौं, ललितपुर र भक्तपुर) मा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने र थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । निषेधाज्ञा अबधिमा डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सन्चालन गर्न पाइने छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई क.... पुरा पढ्नुहोस