स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन

khabarwave
१२ श्रावण २०८३

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पताललाई कडा निर्देशन दिएको छ। मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको स्पष्ट पार्दै नागरिकको जीवनरक्षाका लागि उपचार सेवा नियमित सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्ले.... पुरा पढ्नुहोस

डा. गोविन्द केसीसँग सरकारको ७ बुँदे सहमति, अनसन अन्त्य

khabarwave
१२ श्रावण २०८३

काठमाडौं। सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो अनसन अन्त्य गरेका छन्। प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ भने एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्च.... पुरा पढ्नुहोस

मनोरञ्जन