अमेरिकामा नागरिकता सम्बन्धी ब्यबस्था

khabarwave
११ पुष २०७७

संयुक्त राज्य अमेरिकाको जनसंख्या करीव ३३ करोड छ। यसको क्षेत्रफल ९३ लाख ७२ हजार ६१० वर्ग किमी छ ।यसरी यहाको जन घनत्व जम्मा ३६ जना प्रति वर्ग किमी छ।जब कि नेपालको जन घनत्व यो भन्दा ५ गुणा बढी छ ।यसो हेर्दा यो देशमा जनसंख्याको कमी देखिन्छ। यहाको जनसंख्याको वृद्धी दर ०.०९% छ। त्यसैले यहाको जन संख्या नीति अन्य देशको भन्दा भिन्न छ।

किनभने यस देशका लागि आबश्यक पर्ने जनसंख्यामा कमी भएकोले यहाॅंको जन संख्या नीति अन्य देशको तुलनामा केही उदार छ। नागरिकताको शव्दकोषमा नागरिकको परिभाषा यसरी दिईएको छ- नागरिक भन्नाले कुनै पनि देशको राजनीतिक समुदायमा कृयाशील सदस्य लाई मानिएको छ र नागरिकता भन्नाले विद्यमान कानूनी आधार पूरा गरे पछि प्राप्त हुने मान्यता हो। त्यसैले देश भित्र हुने सबै ब्यक्ति जसले कानूनी आधार प्राप्त गरेका हुदैनन् तिनीहरू त्यो देशका नागरिक हुदैनन्। नागरिकलाई राज्यले छुट्टै किसिमका कानूनी अधिकार दिएको हुन्छ जुन अरूले पाउन सक्दैनन्।

अमेरिकामा दुई किसिमबाट नागरिकता प्राप्त हुन्छ। (१) जन्मेको नाताबाट प्राप्त हुने नागरिकता:- संयुक्त राज्य अमेरिकाको क्षेत्र भित्र जन्मेका जुनसुकै बच्चा पनि जन्मको नाताले अमेरिकाको नागरिक हुन्छन्। यहाॅं क्षेत्र भन्नाले अमेरिकी दुतावास लगायत अन्य कुटनीतिक निकाय समेतलाई जनाउछ। संयुक्त राज्य अमेरिका बाहिर जन्मेका भए पनि यदि अमेरिकी नागरिकको सन्तान हो भने उ अमेरिकाको नागरिक हुन्छ।त्यसै गरी बाबु आमा पत्ता नलागेको ५ वर्ष मुनीको वच्चा जो २१ वर्ष भित्र बाहिर जन्मेको प्रमाणित भएन भने अमेरिकी नागरिक ठहर्छ। (२) ॲंगीकृत नागरिक:- कुनै पनि विदेशीले राज्यको कानून बमोजिम आबश्यक प्रक्रिया पूरा गरेर प्राप्त हुने नागरिकतालाई ॲंगीकृत नागरिक भनिन्छ। यो नागरिकता विदेशीले मात्र पाउन सक्छन् ।

यो नागरिकता पाउन भन्दा अगाडि यस्ता ब्यक्तिहरूले बसोबासका लागि स्थायी अनुमती प्राप्त गर्नु पर्छ। यसको रंग हरियो हुने हुदा यसलाई ग्रीन कार्ड पनि भनिन्छ। यसको अवधि प्राय: १० वर्षको हुने गर्छ। यो बीचमा अमेरिका छाडेको समय कटाई ५ वर्षको अवधि पुगे पछि नागरिकताको लागि निर्धारित शुल्क सहित निवेदन दिन पाईन्छ र निजको चरीत्र सम्बन्धी जाचबुझ पछि राम्रो चरीत्र भएको पाईएमा अमेरिकाको भूगोल, ईतिहाॅंस ,राजनीति , संविधान र अंग्रेजीको परीक्षा दिनु पर्ने हुन्छ र यो उत्तीर्ण (कम्तिमा ६०% प्राप्ताॅंक ल्याएको हुनु पर्ने) भए पछि यहाॅंको संविधान वमोजिम शपथ ग्रहण गरेर नागरिकता पाईन्छ।

अंगीकृत नागरिकता पाउन भन्दा अगाडि स्थायी बसोबासको प्रमाण पत्र लिएर निर्धारित अवधि ब्यतित गरेकै हुनु पर्छ। स्थायी बसोबासको प्रमाणका किसिम:- परिवार, रोजगारी,शरण,डिभी आदि स्थायी बसोबासका किसिम हुन्। अमेरिकी नागरिकका पत्नी वा पति ,२१ वर्ष मुनीका छोरा छोरी नजिकका परिवारमा गनिन्छन्। अमेरिकी नागरिक का पति वा पत्नीले स्थायी आवासीय अनुमती पाएको ३ बर्षमा नागरिकताका लागि निवेदन दिन सक्छन् तर २१ बर्ष मुनीका सन्तानले भने अरू विदेशी सरह ५ वर्ष पुगे पछि नागरिकता प्राप्त गर्न सक्छन्। पारिवारिक स्थायी आवासीय कार्डका लागि त्यस पछि आमाबाबु पर्छन् तर दाजुभाई , दिदी बहिनीको लागि ग्रिन कार्ड पाउन अली बढी समय लाग्छ।

अमेरिकी सेनामा भर्ना हुनेहरू लाई भने ग्रिन कार्ड नभै सोझै नागरिकता प्रदान गरिन्छ जुन अमेरिकी सेना उपरको सम्मानको रूपमा लिईन्छ। त्यसै गरी काम गर्ने निकायको सिफारिसका आधारमा दिईने ग्रिन कार्ड लाई रोजगारीमा आधारित ग्रिन कार्ड भनिन्छ। यसै गरी आफ्नो देशमा भएको द्वन्दका कारण बाॅंच्न नसक्ने कारण देखाई शरण माग गर्नेलाई दिईने ग्रिन कार्ड लाई शरणका आधारमा प्रदान गरिने ग्रिन कार्ड भनिन्छ। त्यसै गरी ब्यापार ब्यबसायमा निश्चित रकम लगानी गर्ने बिदेशीलाई समेत निजले चाहेमा ग्रिन कार्ड प्रदान गरिने ब्यबस्था छ।

अन्तर्राष्ट्रिय ख्याती कमाएका ब्यक्ति, कलाकार आदिलाई समेत ग्रिन कार्ड दिन मिल्ने ब्यबस्था अमेरिकामा छ। त्यस्तै आजभोली निश्चित देशहरूबाट चिठ्ठा प्रणालीबाट भीसा दिईएकाहरूलाई प्रवेश संगै ग्रिन कार्ड दिईन्छ, यसरी दिईने ग्रिन कार्ड लाई DV बाट प्राप्त ग्रिनकार्ड भनिन्छ। यसरी ग्रिन कार्ड प्राप्त गरेको निश्चित समय पश्चात् आवश्यक प्रक्रिया पुर्याए पछि अंगीकृत नागरिकता प्राप्त हुन्छ। यहाॅं बुझ्नु पर्ने के छ भने ग्रिन कार्ड र नागरिकता एउटै विषय होईनन्। नागरिकता पाउनेले मात्र यहाॅंको राजनीतिक अधिकार पाऊॅंछ तर ग्रिन कार्डवाला ले यो अधिकार पाउदैन।

त्यसै गरी केन्द्रिय सरकार संग संबन्धित कामहरू नागरिकले मात्र पाउछन् तर ग्रिन कार्ड वालाले पाउदैनन्। नागरिकताको समाप्ति:- अंगीकरणबाट प्राप्त नागरिकता लिदा झुटा प्रमाण पेश गरेको भेटिएमा त्यस्तो नागरिकता वदर हुने ब्यबस्था छ। त्यसै गरी अन्य कुनै पनि देशको सेना वा सरकारी सेवामा भर्ना भएमा पनि नागरिकता समाप्ति हुन्छ। त्यसै एक नागरिकता नीति भएका देशको नागरिकता लिएमा पनि यस देशको नागरिकता समाप्त हुन्छ। यदि कसैले स्वैच्छिक रूपले नागरिकता त्याग गरेमा पनि उसको नागरिकता समाप्त भएको मानिन्छ। खासगरी अमेरिका बनाएको अमेरिकामा बस्ने हरूले नै हो।

यहाॅं बस्ने हरेक नागरिकले तिरेको करले अमेरिका बनेको छ। यहाॅं बेरोजगारको संख्या कम नै छ र हरेकलाई रोजगारी दिने गरी नीति बनाईएको हुन्छ।लेखको शुरू मै प्रस्तुत गरिए झै यहाॅंको जनसॅंख्याले अमेरिकाको काम गरेर सक्दैनन्।त्यसैले यहाॅं सर्वथा जनशक्तिको अभाव रहन्छ। यो अभाव यहाॅंको जनसंख्यामा हुने वृद्धी(०.०९%) ले मात्र थेग्न सक्दैन । यसै कारण अमेरिकाले स्वस्थ र सीप युक्त जनशक्ति बर्षेनी भित्र्याउने वैधानिक नीतिलाई सहज र सरल बनाएको छ, ती नीति मध्येमा नागरिकता प्रमुख नीति हो। अमेरिका द्वैध(Dual) नागरिकता भएको मुलुक हो। यहाॅंको नागरिकता संगै विदेशको नागरिकता पनि कायमै रहन्छ। यसैले पनि देखाउछ कि यहाॅंको नागरिकता नीति कति सहज बनाईएको रहेछ, त्यो सहजता अमेरिकामा भएको जनशक्तिको अभावलाई दृष्टिगत गरेर बनाईएको प्रतीत हुन्छ।

Loading spinner