मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको छन-थेगिम

khabarwave
१९ बैशाख २०८१

काठमाण्डाै। उपनिर्वाचन इलाम–२ को मा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् ।उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखेका छन ।

‘निर्वाचनमा सहभागी हुनु भनेको हाम्रो अन्दोलनकै एउटा गतिविधि थियो, हाम्रो आन्दोलन जारी छ’, थेगिममले भने । १५ वैशाखमा भएको इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थानमा रहे । उनले आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिए ।

 

Loading spinner