कांग्रेसमा थप १८ केन्द्रीय सदस्य थपिए ,विनोद चौधरीदेखि नागिना यादवसमेत निर्वाचित

khabarwave
६ पुष २०७८

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका अनुसार थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  मंगलबार सकिएको मतगणनाबाट मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन् ।

मधेसी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् । मधेसी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएकी छन् ।

बागमती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । दुई सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । रञ्जित २४१९ र केसी २१२९ मतका साथ निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार  यस्तै प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । दुई सदयका लागि ७ जनाले उम्मेदवारी दिएका थिए । अर्याल २३८९ र कोइराला २१५२ मतका साथ निर्वाचित भएका छन् । प्रदेश १ कै महिलातर्फ महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छन् ।

बागमती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी निर्वाचित भएकी छन् ।  केसी २३४९ मतका साथ निर्वाचित भएकी हुन् ।मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन् । महिलातर्फ जावेदा खातुन जागा निर्वाचित भएकी छन् ।

Loading spinner